महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

कात्तिक १४, काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ । पोखरामा कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यवसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरू सहभागी थिए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा समिट सम्पन्न भएको हो ।

समिटमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतासम्म बीमा पहुँच कसरी पुच्याउन सकिन्छ भन्नेबारे छलफल भएको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए । बीमासम्म निम्न वर्गको पहुँच बढाउन र युवा वर्गमा यसबारे जनचेतना वृद्धि गर्न ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमलाई अझै प्रभावकारी रूपमा गाउँगाउसम्म पु¥याउने निर्णयसमेत भएको पन्थीले बताए ।

विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र वृृद्धावस्थामा नागरिकको जिम्मेवारी सरकारले लिने, तर नेपालजस्तो स्रोतसाधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले यसलाई थप प्रभावकारी बनाउनेबारे सहभागीहरूबीच छलफल भएको थियो । अभिकर्ता पेशामा नेतृत्व विकास, बीमालाई व्यवसायिक रूपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामबारे सहभागीहरूलाई तालिम दिइएको थियो ।

संम्बन्धित समचार

Leave a Reply