भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई ‘नेट जिरो’ बनाउने

कात्तिक १६,काठमाडौँ । भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई ‘नेट जिरो’ बनाउने अर्थात् जति उत्सर्जन गर्‍यो उति नै परिमाणमा नवीकरणीय उर्जाहरूको प्रयोग गरेर सम्भावित उत्सर्जन जोगाउने अवस्थामा पुर्‍याउने प्रतिबद्धता गरेको छ ।

कोप-२६ सम्मेलनले भने देशहरूलाई यो लक्ष्य सन् २०५० सम्ममा हासिल गर्न सिफारिस गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा घोषणा गरेको नेट जिरोको यो नयाँ लक्ष्य भारतले जनाएको पहिलो प्रतिबद्धता हो । ‘नेट जिरो’ अर्थात् ‘कार्बन न्युट्रल’ बन्ने भन्नुको अर्थ वायुमण्डलमा हरितगृह ग्यासको मात्रा नथप्नु भन्ने हो ।

चीनले भने सन् २०६० सम्ममा ‘कार्बन न्युट्रल’ बनाउन आफ्ना योजनाहरू घोषणा गरेको छ । अमेरिका र युरोपेली सङ्घले भने त्यो अवस्थामा सन् २०५० भित्रै पुग्ने लक्ष्य राखेका छन् ।

संम्बन्धित समचार

Leave a Reply