आईसीसी टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

कात्तिक २४, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

यूनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा हुने खेल नेपाली समय अनुसार बलुका ७ : ४५ बजे सुरु हुनेछ ।

सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने न्युजिल्याण्ड समूह दुईको उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

दुवै टोलीले सुपर १२ मा पाँच खेलमध्ये ४ खेल जितेका थिए भने एक खेलमा हार बेहोरेका थिए ।

इंग्ल्याण्डले वेष्ट इन्डिज, बंगलादेश, अष्ट्रेलिया र श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग अन्तिम खेलमा पराजित भएको थियो ।

पाकिस्तानसँग हार बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको न्युजिल्याण्डले त्यसपछि लगातार भारत, नामिबिया, स्कटल्याण्ड र अफगानिस्तानलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको हो ।

दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । इंग्ल्याण्डका लागि ब्याटर जोस बटलर र बलर क्रिस जोर्डनले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र ट्रेन्ट बोल्डले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

इंग्ल्याण्डले चोटका कारण ज्यासन रोएलाई यो खेलमा गुमाउनेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनी घाइते हुँदै रिटायर्ड हर्ट भएका थिए । उनको स्थानमा जेम्स भिन्सलाई टिममा राखिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply