बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले सुरु गरेका ३ योजना के–के हुन् ?

कात्तिक २७,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले तीन वटा कार्यक्रमलाई अगाडि बढाएको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले एसईई पुरा गरेका विद्यार्थीलाई ३ वर्षे प्राविधिक शिक्षा दिने र पालिकामा काम गर्ने गरी प्रदेश सरकारले निर्णय गरेको सुनाए ।

प्रदेशका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई प्रदेश सरकारले आफ्नै खर्चमा प्लस २ पढाइदिने निर्णय गरेको उनले बताए । यो अभियान छात्राहरूले पढ्ने कुरामा महत्वपूर्ण हुन्छ, पाण्डेले भने ।

यस्तै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई प्रदेश सरकारले ३ र ६ महिना तालिम दिएर दक्ष जनशक्ति बनाएर मात्र पठाउने योजनामा काम भइरहेको छ । उनका अनुसार हाल ९ खर्व रेमिट्यान्स प्रदेशमा आउने गरेको छ, सरकारले तालिम दिएर पठाउँदा श्रमिकहरुको आम्दानी तीन गुणासम्म बढ्नसक्छ ।

संम्बन्धित समचार

Leave a Reply