थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

कात्तिक २७,काठमाडौँ । देशभर थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २६० तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार २७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४७८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ९७ हजार ९२६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । त्यस्तै, कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४७१ को मृत्यु भइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply