रौतहटमा कार दुर्घटना: मृत्यु हुने चारै जना भारतीय नागरिक

कात्तिक २८, काठमाडौं । रौतहटमा भारतीय नम्बर प्लेटको कार पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

चन्द्रनिगाहापुरबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका ४ झुन्खुन्वाचोकमा गएराति सवा १० बजे पल्टिएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक हुन् । चालकले जाँड रक्सी खाएर कार चलाएकाले दुर्घटना भएको उनले बताए ।

सडकको किनारमा रहेको ठूलो खाल्डोमा गाडी पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार खाल्डोमा पानी जमेको थियो।

संम्बन्धित समचार

Leave a Reply