प्रदेश १ को प्रदेश सभा बैठकमा एमालेका सांसद नजाने

 

कार्तिक ३०, विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गर्न नेकपा एमालेले गरेको प्रस्ताव सत्तारुढ दलले अस्वीकार गरेको छन् । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रदेश सभा बैठकमा बन्दका कारण उपस्थित हुन नसक्ने भन्दै एमालेले स्थगित गर्न माग गरेको थियो ।

विप्लव नतृत्वको नेकपाले गरेको बन्दलाई कारण देखाउँदै एमालेका सांसदहरु बैठकमा उपस्थित नहुने भएका हुन् । बन्दको कारण बैठकमा उपस्तिथि हुन नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

‘हाम्रो प्राय सांसदहरू पहाडमा हुनुहुन्छ । यहाँसम्म आउन बन्दले असहज भयो,’ उनले भने‚ ‘हाम्रो ४१ जना सांसदमा पाँच जना मात्रै छौं ।’

पाँचदलीय गठबन्धनको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री राईले मंगलबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

 

संम्बन्धित समचार

Leave a Reply