उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दै

कात्तिक ३०,काठमाडौँ । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दैछ ।
बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यलय सिंहदरबार बस्ने नेकपा माओवादी केन्द्रबाट समितिको सदस्य रहनुभएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न भन्दै यही कात्तिक २२ गते पाँच दल र सरकारका प्रतिनिधि समेत रहने गरी ११ सदस्यीय समिति गठन गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply