चीन बन्यो विश्वको सबैभन्दा धनी मुलुक

मंसिर १, एजेन्सी । अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा धनी मुलुक बनेको छ । पछिल्लो दुई दशकमा चीनको सम्पत्ति तीन गुणाले बढेको परामर्शदाता म्याकिन्से एण्ड कम्पनीको एक रिपोर्टले देखाएको छ ।

विश्वका प्रमुख १० मुलुकको राष्ट्रिय तथ्यांकको आधारमा यो अध्ययन गरिएको हो । यी १० मुलुकले विश्वको समग्र आम्दानीको ६० प्रतिशतको हिस्सा ओगट्छन् । ब्लूमवर्गसँगको अन्तर्वातामा म्याकिन्से ग्लोबल इन्स्टिच्युट ज्युरिचका जान मिस्केले भने, ‘हामी अहिलेसम्मकै सबैभन्दा धनी भएका छौं ।’

सन् २०२० मा विश्वको समग्र सम्पत्ति ५१४० खर्ब डलर पुगेको छ । सन् २००० मा विश्वको समग्र सम्पत्ति १५६० खर्ब डलर थियो । यसरी बढेको सम्पत्तिमध्ये करिब एक तिहाइ सम्पत्ति चीनको हो ।

चीनको सम्पत्ति सन् २००० मा ७० खर्ब डलर थियो । सन् २०२० सम्म आइपुग्दा उसको सम्पत्ति १२०० खर्ब डलर पुगेको छ । चीनले २० वर्षमा आफ्नो ११३० खर्ब डलरको सम्पत्ति बढाएको हो ।

अमेरिका भने सम्पत्ति बढाउने मामिलामा चीनभन्दा पछाडि देखिएको छ । अमेरिकाले उक्त २० वर्षको अवधिमा आफ्नो सम्पत्ति दोब्बरले बढाउँदै ९०० खर्ब डलर पुर्‍याएको छ ।

विश्वका सबैभन्दा धनी मुलुकहरु अमेरिका र चीनमा पनि १० प्रतिशत मानिसले दुई तिहाइभन्दा धेरै सम्पत्ति ओगटेका छन् । साथै उनीहरुको हिस्सेदारी पनि बढ्दो क्रममा छ ।

रिपोर्टका अनुसार विश्वको ६८ प्रतिशत सम्पत्ति घरजग्गाले ओगटेको छ भने बाँकी हिस्सा पूर्वाधार, मेसिनरी सामग्री, उपकरणलगायतका क्षेत्रले ओगटेको छ ।

संम्बन्धित समचार

Leave a Reply