धुनिबेसी नगरप्रमुख आचार्य जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित

मंसिर २, काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्य उत्कृष्ट करदाताको रूपमा सम्मानित भएका छन् । आचार्यलाई दशौं राष्ट्रिय कर दिवसको अवसरमा करदाता सेवा कार्यालय गल्छी अन्तर्गत उत्कृष्ट करदाताको रूपमा सम्मानित गरिएको हो । नियमित कर तिरेको, जरिवाना नपरेको, असल करदाताको रुपमा आचार्यलाई सम्मान गरिएको हो ।

सम्मानका क्रममा नगर प्रमुख आचार्यले सरकारलाई कर तिरेर उत्कृष्ट हुन पाउदा आफुलाई खुशी लागेको बताए । ‘कर तिरेर उत्कृष्ट हुन पाउँदा खुसी छु’, आचार्यले भने, ‘समयमै कर तिरेर आफ्नो दायित्व पुरा भएको छ । यसले राज्यको अर्थ परिचालनमा टेवा पुग्नेमा विस्वश्त छु ।’

नगर प्रमुख आचार्य वि के इन्टरप्राईजेज र वि के कृषि पोल्टी फर्म का संचालक हुन् । गल्छी कर कार्यालय अन्तर्गत रहेका करदातामध्ये कर तिर्नेमा आचार्य उत्कृष्ट भएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply