प्रचण्डले गरे योग गुरु रामदेवको प्रशंसा

मंसिर ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेवको खुलेर प्रशंसा गरेका छन् ।

पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको बताए ।

पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै प्रचण्डले रामदेवको प्रशंसा गरे ।

बिहीबार बेलुका खुमलटारस्थित निवासमा रामदेवसँगको भेटमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिमा कसरी क्रान्ति ल्याउन सकिन्छ भनेर छलफल गरेको जानकारी पनि प्रचण्डले दिए । बिहीबार बेलुकी योग गुरु रामदेव र आचार्य बालकृष्ण खुमलटारस्थित निवासमा पुगेर प्रचण्डलाई भेटेका थिए ।

आस्था र पतन्जली टेलिभिजन उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन भन्दै रामदेव र आचार्य बालकृष्ण नेपाल आएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply