एबी डे भिलियर्सद्वारा सबैखाले क्रिकेटबाट सन्यास घोषणा

मंसिर ३, काठमाडौं । दक्षिण अफ्रिकन लेजेण्ड एबी डे भिलियर्सले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

३७ वर्षीय डे भिलियर्सले १७ वर्षे करियर टुङ्याउँदै ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् ।

यो यात्रा राम्रो रह्यो तर क्रिकेटको सबै फर्मबाट सन्यास लिने निर्णय गरेको छु डे भिलियर्सले शुक्रबारको स्टेटमेन्टमा भनेका छन् ।

उनले दक्षिण अफ्रिकाका लागि ११४ टेष्ट, २२८ ओडिआई र ७८ टी२० आई खेलेका छन् । डे भिलियर्सले ओडिआईमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान बनाएका छन् ।

(Visited 1 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?