ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार

मंसिर ३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष ओलीलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) के हुन्छ भनेर जिज्ञास राखेको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिए । जवाफमा अध्यक्ष ओलीले एमसीसीबारे सरकारले आफ्नो दलसँग अहिलेसम्म कुनै परामर्श नगरेको भन्दै यसबारे ठोस धारणा नबनाएको बताएका थिए ।

भेटमा अध्यक्ष ओलीले कोभिड–१९ लगायत स्वास्थ्य, शिक्षा, पूर्वाधार क्षेत्रमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

विदेशमन्त्री लूले अमेरिकी सहयोग निरन्तर जारी रहने भन्दै नेपाललाई थप नयाँ क्षेत्रमा पनि सहयोग गर्न चाहेको जानकारी ओलीलाई गराएका थिए ।

 

संम्बन्धित समचार

Leave a Reply