शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु

मंसिर ३,काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो ।

उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ।

 

संम्बन्धित समचार

Leave a Reply