एनआरएनएको निर्वाचन मंसिर २९ गते हुने

मंसिर ४, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थगित निर्वाचन मंसिर २९ गते हुने भएको छ । अध्यक्ष कुमार पन्तले हिजो विज्ञप्ति जारी गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ नेतृत्वका लागि निर्वाचन हुने जानकारी दिएका हुन् ।

यसअघि स्थगित भएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी पुस ४ र ५ गते काठमाडौंमा भौतिकरुपमा हुने भएको छ । महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइएको अध्यक्ष पन्तले जानकारी दिए । संघको निर्वाचनको लागि तयारीमा जुट्न निर्वाचन समिति तथा सबै महाधिवेशन प्रतिनिधिलाई समेत आग्रह गरिएको छ ।

यसअघि केही मुलुकको समन्वय समितिको चुनावमा धाँधली भएको भन्दै परेको उजुरीमा परराष्ट्र मन्त्रालयले तत्काल निर्वाचन नगर्न भन्दै एनआरएनएलाई परिपत्र गरेको थियो । परराष्ट्रले स्वतन्त्र संस्थालाई हस्तक्षेप गरेको भन्दै विरोध पनि भएको थियो । आगामी चुनावमा डा. बद्री केसी, कूल आचार्य र रविना थापा लगायतले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

संम्बन्धित समचार

Leave a Reply