ए डिभिजन लिगमा आज दुई खेल हुँदै

मंसिर ५, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।

आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छन् । ब्रिगेड राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका फरवार्ड अनिल गुरुङको कप्तानीमा मैदान उत्रनेछ । एपिएफको कप्तानी भने टोपबहादुर विष्टले गर्नेछन् ।

यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र जावलाखेलबीचको खेल पौने पाँच बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply