फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक

मंसिर ७, एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार ‘द बेस्ट फिफा ‘अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह परेका छन् ।

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ ।

 

संम्बन्धित समचार

Leave a Reply