काठमाण्डौँ भित्रिनेलाई नाकामै कोभिडविरुद्धको खोप

मंसिर ७, काठमाण्डौँ । काठमाण्डौँ उपत्यका भित्रिने मुख्य चार नाकामा कोभिड-१९ विरुद्धको खोप लगाइने व्यवस्था गरिको छ । काठमाण्डौँ भित्रिने र बाहिरिनेका लागि खोपको सहज व्यवस्था गर्न कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुबाट एक महिनासम्म कोभिडविरुद्धको खोप लगाउन थालिएको हो ।

मंसिर ५ गतेदेखि सुरु भएको खोप कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ ।

काठमाण्डौ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप दिइने जानकारी दिए । उनका अनुसार योसँगै महानगरका ३२ वटै वडामा तोकिएको खोप केन्द्रबाट आज र भोलि कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गरिँदैछ ।

यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरूलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply