पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

मंसिर ७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने २७३ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ भने ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० जना रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply