नेप्से परिसूचक ३२ अंकले घट्यो

मंसिर ७, काठमाडौं । नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार भने ३२ अंकले घटेको हो ।

नेप्से परिसूचक ३२. २९ अंकले घटेर २ हजार ७ सय ३३ दशमलव १४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले घटेको छ ।

कारोबार रकम भने सोमबारको तुलनामा केही सुधार देखिएको छ । मंगलबार ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार ४ अर्ब १६ करोड रुपैयाँ नाघेको छ । दिनभर भएका ५३ हजार ७६७ कारोबारबाट २२७ कम्पनीका ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रुपैयाँ पुगेको छ । मंगलबार बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा महिला लघुवित्त वित्तीय संस्था देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply