अनियमितता गरेको भन्दै अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ मंसिर ८, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड यूरो जरिबाना लगाएको हो ।

एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक बिक्रेतालाई तत्कालका लागि अमेजन मार्फत् काम गर्न पनि रोकिएको छ । इटालीको बजारमा ती उत्पादनको बिक्रीलाई एकपक्षीय रुपमा अनुमति दिएको आरोप समेत लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस