यूईएफए च्याम्पियन्स लिग चेल्सीले युभेन्ट्सलाई ४–० गोलले हरायो

मंसिर ८, काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० ले हराएको छ । चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरे ।

गएराति भएको खेलमा घरेलु टोली चेल्सीले खेलको २५औं मिनेटमा चालोवाहको गोलबाट अग्रता बनाएको थियो । त्यस्तै ५५औं मिनेटमा रिस जेम्सले गोल थपेर अग्रता दोब्बर पारे । खेलको ५८औं मिनेटमा ओडोइले एक गोल थपे । त्यस्तै खेलको इन्ज्युरी समयमा वेर्नरले गोल गरेपछि चेल्सीले ४–० को फराकिलो जित निकालेको हो ।

चेल्सी समूह ‘एच’ मा शीर्षस्थानमा उक्लिएको छ । समान पाँच खेलमा दुवै टोलीको समान १२ अंक भएपनि गोल अन्तरका आधारमा युभेन्ट्स दोस्रो स्थानमा छ । दुवै टोली यो समूहबाट नकआउट चरणमा पुगेका छन् । यही समूहको अर्को खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जेनिथको ४ र माल्मोको एक अंक छ ।

संम्बन्धित समचार

Leave a Reply