‘तत्काल मन्त्रीपरिषद हेरफेर हुँदैन तर सरकारको कामको गति बढ्छ’ : प्रचण्ड

कार्तिक १९,मोरङ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रीमण्डल पुनर्गठन नहुने बताएका छन । नेकपाले विराटनगरमा गरेको चियापान कार्यक्रममा उनले तत्काल मन्त्रीपरिषद हेरफेर नहुने तर सरकारको कामको गति भने बढ्ने बताए ।

अहिले पार्टी र सरकार लोकप्रियता खोज्ने खालका काम भन्दा पनि सम्बृद्धिका पूर्वाधार तयार पार्ने खालका काममा लागेको उहाँको दावी छ । सरकारले अहिलेसम्म केही गरेन भन्ने जस्तो देखिए पनि अबको केही समयमै सरकारको कामको गति बढाउने उनले दोहोर्‍याए ।

अध्यक्ष प्रचण्डले भविष्यमा आउन सक्ने समस्यालाई पनि समाधान गर्ने गरी पार्टी एकताको काम अघि बढिरहेको पनि बताए ।

संम्बन्धित समचार

Leave a Reply