सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री खड्कानिकट प्यानल विजयी

मंसिर ८, सुर्खेत । नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का निकट प्यानल नै विजयी भएको छ ।

महामन्त्री खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने क्षेत्र नं. १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका छन् । यो महामन्त्री खड्काको निर्वाचन क्षेत्र हो ।

सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी हुँदा रामचन्द्र पौडेल समूहका बलबहादुर वलीले १०३ मत मात्रै ल्याएका थिए । यस्तै सचिवमा संस्थापन समूहका मोहन राना (७२०) र पदमबहादुर खत्री (७१७) मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी (६८४) र यामलाल पंगाली (६८७) मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए । निर्वाचन अधिकृत कँडेलका अनुसार प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूर्णप्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन् । प्रत्यक्षतर्फको महिला सदस्यमा भद्राकुमारी योगी विजयी भएकी छन् । खसआर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत निर्वाचित भएका छन् ।

महामन्त्री खड्काले ७३६ मत प्राप्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply