महिला टी–२० विश्व कप: नेपालले आज कुवेतसँग खेल्दै

मंसिर ९, काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दैछ ।

नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।

छनोटअन्तर्गत यूएई लगातार दुई खेल जित्दै चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एकरएक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानको समान दुईरदुई अङ्क छ । नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौँ स्थानमा छन् ।

नेपालले शुक्रवार मलेसिया र आइतवार यूएईसँग खेल्नेछ । छनोटको विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

(Visited 8 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?