सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ९, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ९, काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस