आज नेप्से परिसूचक ३.२२ अङ्कले घट्यो

मंसिर ९, काठमाडौं । बिहीवार शेयर बजार सामान्य घटेको छ । शेयर बजार नेप्से परिसूचक  ३. २२ अङ्कले घटेर २७००३१. ७८ विन्दुमा झरेको छ ।

आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज २३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समृद्धि फाइनान्सको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply