आईसीसी महिला टी २० विश्वकप: मलेसियाविरूद्ध नेपाललाई ९३ रनको लक्ष्य

मंसिर १०, काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेसियाविरुद्ध जितका लागि ९३ रनको लक्ष्य पाएको छ ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो।

मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाइन् । नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

नेपाल लगातार तेस्रो जित हात पार्ने योजनामा छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै हराएर शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायमै राखेको छ । त्यसका लागि नेपालले आज मलेसियालाई हराउनै पर्नेछ ।

 

संम्बन्धित समचार

Leave a Reply