एमाले महाधिवेशन आचारसंहिता: समूहगत प्रचार र मोबाइल निषेध (पूर्ण पाठसहित)

मंसिर ११, सौराहा । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारले समूहगत प्रचार गर्न नपाउने भएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगले आचारसंहिता जारी गरी समूहगत प्रचारमा रोक लगाएको हो ।

आचारसंहितमा भनिएको छ, “उम्मेदवार तथा मतदाताहरूले व्यक्तिगत आधारमा बाहेक समूहगत आधारमा प्रचार प्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न र नामावली बाड्न पाइनेछैन ।”

यससँगै प्यानलको सूची बनाएर मतदान गर्न पनि नपाइने भएको छ । “समूहगत रुपमा लेखिएको उम्मेदवारको नामावली लेखिएको वा छापिएको सामग्रीहरू हेरी मतदान गर्न पनि निषेध गरिएको छ,” आचारसंहितामा भनिएको छ ।

यस्तै कुनै पनि प्रकारको धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि बन्देज लगाइएको छ । मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशन १० मंसीरमा चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको थियो । आजदेखि सौरहाको होटल सेभन समिटमा बन्द सत्र शुरू हुँदै छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार आज उम्मेदवारी दर्ता र दाबी विरोधको कार्यतालिका रहेको छ । यससँगै आजै उम्मेदवारी फिर्ता र उम्मेदावरको अन्तिम नामावली प्रकाशन गरिनेछ । आइतबार बिहानैदेखि मतदान हुनेछ ।

यस्तो छ आचारसंहिता:

 

संम्बन्धित समचार

Leave a Reply