पार्टीमा प्रतिस्पर्धा होइन, एकता मुख्य कुरा हो : अध्यक्ष ओली

मंसिर ११, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेतर्फ संकेत गर्दै पार्टीको आन्तरिक एकता मुख्य कुरा भएको बताएका छन् । चितवनको सौराहमा जारी पार्टीको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता गर्नुपर्ने बताका हुन् ।

ओलीले पार्टीभित्र प्रतिस्पर्धा राम्रो नहुने भन्दै वडा र पालिका अधिवेशन जस्तै पार्टी हाँक्ने नयाँ नेतृत्व पनि चयन गर्नुपर्ने बताए । ‘समझदारी, सहमती र एकता हो । पार्टी भित्रको प्रतिस्पर्धा मूल्यांकनको आधारमा हुन्छ’, ओलीले भने, ‘पार्टीमा आन्तरिक एकता चाहिन्छ । पार्टीभित्र एकता मुख्य कुरा हो, यो कुरा हामीले थाहा पाउन पर्छ ।’

सर्वसम्मत नेतृत्व चयन कठिन बन्दै गइरहेको समयमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले एमालेभित्र भावनात्मक एकतामा जोड दिए । ‘विधान महाधिवेशनले पारित गरेको नीति कार्यान्वयन गर्न र एकढिक्का भए पार्टीलाई बढाउन भावनात्मक एकता प्रस्तुत गर्दै साझा संकल्पसहित जुट्नुपर्छ,’ उनले भने, ‘प्रतिपक्षसँग लड्दा प्रतिस्पर्धा हुने हो । पार्टीभित्र सहमति र समझदारी मुख्य कुरा हो ।’

पार्टीमा आफ्नै समूहका नेताहरूका कारण तथा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी घोषणा गरेपछि सर्वसम्मत नेतृत्व चयनमा लागेका ओली दबाबमा छन् । ओलीले शनिबार बिहानदेखि आफूनिकट नेताहरूहरुसँग छलफल गरेर सहमति गराउने प्रयास गरेका थिए । तर, उम्मेदवारी घोषणा गरेका नेताहरुले अडान नछोडेपछि सर्वसम्मत नेतृत्व चयनमा धक्का लागेको छ ।

संम्बन्धित समचार

Leave a Reply