‘द सेकेन्ड गड’ बिमोचन

मंसिर ११,काठमाडौँ । आख्यानकार नारायण निरौलाको उपन्यास ‘सेकेन्ड गड’ शनिबार एक समारोह बिच बिमोचन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि पद्मकन्या क्याम्प नेपाली बिभागका प्रमुख साहित्यकार डा शैलेन्द्र प्रकाश त्रिपाठी, लेखक नारायण निरौला,साहित्यकार प्रभा बराल,अनुपम रोशी, सिद्धार्थ बनस्थलीका प्रमुख कार्यकारी केशब थापा तथा डाइरेक्टर सचन थापाले संयुक्त रुपमा बिमोचन गरेका हुन्।

पुस्तकका लेखक नारायण निरौलाले पुस्तक रचनाको रहस्य खोतल्दै ज्ञान र अनुभवलाई संग्रहित गर्ने उद्देश्यले पुस्तक रचना गरिएको जानकारी गराए । उनले उपन्यासको धरातल भित्र रहेर ब्राह्मण र सृष्टिको रहस्यहरूलाई स्वैरकल्पना भित्र ढाल्ने प्रयास गरिएको जानकारी गराए ।
केशब थापाले आम मानिसले अनुभव गरेको तथा सामान्य कल्पना भन्दा फरक बिषयलाई पुस्तकले समेटेको बताए । शैलेन्द्र प्रकाश नेपालले हरेक सर्जकले आफ्नो सिर्जनालाई सन्तानकै रुपमा लिनुपर्ने बताए ।उनले लेखकले आफ्ना सिर्जनामा बिषयबस्तुको प्रस्तुति कुशलता सँगै भाषागत शुद्धतालाई पनि ख्याल गर्नुपर्ने सुझाब दिए।

साहित्यकार प्रभा बरालले पुस्तक काल्पनिक र बास्तबिकता दुबै कुरामा केन्द्रित भएकाले प्रयोगधर्मी भएको उल्लेख गरे। अनुपम जोशी लगायतका बक्ताले छोटो, सरल र जीवन जगतका चिन्तनलाई खंदिलो रुपमा प्रस्तुत गर्न खोजिएकाले पुस्तक उपयोगी रहेको कुरामा जोड दिए । ‘द सेकेन्ड गड’ बि एन्ड पुस्तक संसारले प्रकाशनमा ल्याएको हो।

संम्बन्धित समचार

Leave a Reply