लिभरपुलले साउथह्याम्पटनलाई हरायो

मंसिर १२, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई फराकिलो अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हराएको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे । थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे ।

घरेलु मैदानमा दोस्रो मिनेटमा नै जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

३७ औं मिनेटमा थियागोले गोल गरेपछि लिभरपुलको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ५२ औं मिनेटमा डाइकले गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।

जितसँगै लिभरपुलले १३ खेलमा २८ अंक जोडेको छ । लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ । साउथह्याम्पटन १४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply