विश्वकप छनोटः नेपाल र युएई भिड्दै

मंसिर १२, काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र युएईबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११:१५ बजे सुरु हुनेछ ।

नेपाल जितको लक्ष्यसहित मैदान उत्तदैछ । युएईविरुद्धको खेल जितेपनि नेपाल दबावमै रहने छ । किनभने ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुदैन नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत ६ टिम सहभागीमध्ये केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ । अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ ।

अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ । यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडी छ ।

ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आईतबार नै कुवेत विरुद्ध खेल्नेछ । मलेसिया (२ अंक), भुटान (२ अंक) र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply