ए डिभिजन लिगमा आज दुई खेल हुने

मंसिर १३, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज ब्रिगेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । ब्रिगेड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २-१ गोल अन्तरले पराजित भएको थियो । अंक विहीन एनआरटी १२ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र आर्मीबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

मछिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २-१ ले हराएको थियो । मछिन्द्र ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

आर्मी भने पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । आर्मी १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply