युनाईटेडको मुख्य प्रशिक्षकमा राल्फ राङनिक नियुक्त

मंसिर १४, एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडको अन्तरिम प्रशिक्षकमा राल्फ राङनिक नियुक्त भएका छन् । युनाईटेडले सोमबार जर्मन प्रशिक्षक राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

युनाईटेडले यस सिजनको अन्तिमसम्मका लागि राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो । ओल गन सोल्सारलाई बर्खास्त गरेयता युनाईटेड प्रशिक्षक विहीन रहेको थियो ।

क्लब फुटबलमा निकै सफल प्रशिक्षकमा पर्ने ६३ वर्षीय राङनिकको मुख्य विशेषता तीव्र गतिमा खेलाउने हो । यी फुटबलका विद्वान पनि हुन्, उनलाई उत्कृष्ट थिंक ट्यान्क पनि भनिन्छ ।

संम्बन्धित समचार

Leave a Reply