कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि मात्रै हुने

मंसिर १६, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो ।

‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी रहेको छ । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।

 

संम्बन्धित समचार

Leave a Reply