नेप्से परिसूचक ४९ अंकले घट्यो

मंसिर १६, काठमाडौं । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २ हजार ५ सय ८४.६१ अंकमा झरेको छ ।

दिनभर भएका ४७ हजार ८ सय ६४ कारोबारबाट २३१ कम्पनीका ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँमा रोकिएको छ ।

बिहीबार नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य घट्दा समूहगत सवइन्डेक्सहरु सबै घटेर राताम्मे देखिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply