गरिमा विकास बैंकद्धारा “गरिमा डिवेन्चर २०८५” जारी

मंसिर १६, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि मिति २०७८/०८/१६ गते विहिवार देखि प्रति कित्ता १००० रुपैया अंकित मूल्यका १ अर्व रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।

सो मध्ये ४० करोड रुपैयाँ वरावरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानि कोषका लागि छुट्याईएको छ) भने बाँकी ६० करोड रुपैँया वरावरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट विक्री गरिने छ ।

गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुष १ गते सम्म हुनेछ । इक्रा नेपालले बैँकलाई ICRANP RI BBB- क्रेडिट रेटिङ प्रदान गरेको छ ।

लगानी कर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म सि–आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल लि. रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply