बुद्धकालीन शिक्षा पाठ्यक्रममा राख्न विश्वविद्यालयलाई राष्ट्रपतिको आग्रह

मंसिर १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालिन शिक्षालाई पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन् । बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी हुन् ।

सम्बोधनमा राष्ट्रपति भण्डारीले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले बौद्ध दर्शनलाई प्राज्ञिक कार्यक्रमका रुपमा समावेश गर्दै गएको उल्लेख गरिन् । उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्त्विक, सांस्कृतिक सम्पदाको उत्खनन, संरक्षण र संवर्द्धनमा अग्रसर हुनुपर्ने पनि बताइन् । उनले भनिन्, ‘हाम्रो देशको मौलिक परम्पराको रूपमा विकसित भएको बुद्धकालीन ज्ञान र शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समय सापेक्ष तुल्याउनुपर्दछ ।’

यस्तै, बाणगंगा नगरपालिकामा आयोजित महायज्ञमा राष्ट्रपति भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिए । यसअघि राष्ट्रपति भण्डारीले कैलाश आश्रम धाममा निर्माण गरिएका दुई वटा प्रवेशद्वार र अष्टचिरञ्जीबी महाकुण्डको अनावरण गर्नुभएको थियो ।

संम्बन्धित समचार

Leave a Reply