भारतमा भेटियो कोभिडको ‘ओमिक्रोन’ भेरियन्ट, दुईजना संक्रमित

मंसिर १६, काठमाडौँ । भारतमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको कर्नाटकमा दुईजना संक्रमित फेला परेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई उद्धृत गर्दै भारतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन संक्रमणको पुष्टि गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताए ।

भारत सरकारको प्रयास हुँदाहुँदै पनि कोरोनाको नयाँ भेरियन्टका विरामी फेला परेका हुन् । कर्नाटकका ६६ र ४० वर्षीय दुई जना पुरुषमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण पुष्टि भएको हो । योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।

संम्बन्धित समचार

Leave a Reply