कांग्रेस महाधिवेशन: ६ वटा प्रदेशमा नेतृत्व चयनका लागि प्रक्रिया सुरु

मंसिर १७, काठमाडौ । कांग्रेसको महाधिवेशन अन्तर्गत सातमध्ये ६ वटा प्रदेशमा नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । हिजो एकैसाथ अधिवेशन उद्घाटन गरिएका ६ वटा प्रदेशमा आजदेखि चुनावी प्रक्रिया सुरु भएको हो ।

प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो। हिजो प्रदेश-१ मा विवादका कारण अधिवेशन उद्घाटन हुन सकेन । तर केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ ।

प्रदेश-१ मा १७ सय ७०, वाग्मतीमा २१ सय ३७, गण्डकीमा ११ सय ५३, लुम्बिनीमा १६ सय ४२, कर्णालीमा ७ सय ४९ र सुदूरपश्चिममा ९ सय ८७ जना मतदाता छन् । त्यस्तै अधिवेशन उद्घाटन भए पनि प्रदेश-२ मा अधिवेशन अनिश्चित भएको छ । प्रदेश-२ मा मुख्य गरी सर्लाहीमा विवाद छ । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिन पाउँछन् ।

सङ्घीयता लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेश तहमा नेतृत्व चयन गर्न लागेको हो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो एकैसाथ प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो । कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाण्डौमा हुँदैछ ।

संम्बन्धित समचार

Leave a Reply