प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

मंसिर १७, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा ४ दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा. प्रविण नेपालले बताए ।

कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल भर्ना भएका थिए । अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ उल्लेख गरेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply