आज बालाचतुर्दशी पर्व, पशुपतिमा शतवीज छर्नेको भीड

मंसिर १७, काठमाडौं । आज मार्गशीर्ष कृष्णचतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व हो । बिहानै शतवीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ ।

त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतवीज छर्ने परम्परा रहिआएको छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । आज बिहान मिर्मिरेमै पशुपति क्षेत्रमा भक्तजनहरूको भीड लागेको छ ।

बिहीबार रातिदेखि नै रातभर जाग्राम बसेका र बिहानै पशुपति पुगेका व्यक्तिहरूले पितृको सम्झनामा शतवीज छरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply