‘आम जनताको भावना विपरित कुनै पनि काम गर्दिन’ : मन्त्री खतिवडा

मंसिर १८, काभ्रे । नेकपा (एकीकृत समाजवादी) का सचिब एवं स्थायी कमिटी सदस्य विरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गरेका छन् ।

आज काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको पार्टी एमाले कम्युनिष्ट आर्दश र सिद्धान्तबाट च्युत भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी स्वभाविक रुपमा ठूलो हुने दाबी गरेका हुन् ।

‘म नेकपा (एकीकृत समाजवादी) यतिनै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन तर एमालेभन्दा चाहिँ पक्कै पनि ठूलो पार्टी बन्नेछ, तपाईहरू ढुक्कसँग लाग्नुस् । तपाईहरूलाई हामी निराश हुन दिने छैनौँ, सचिब खतिवडाले भने ।’

सचिब खतिवडाले आफू नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरित कुनै पनि काम नगर्ने ठोकुवा गरे । ‘मलाई कुनै वाहुला कुकुरले टोकेको छैन् । म मकवानपुरबाट पटक पटक निर्वाचित हुँदै आएको मान्छे, यो पटक एमालेमै बसेको भए सकिने थिएँ । (एस) पार्टीमा लागेपछि सुरक्षितसाथ आनन्दको सास फेर्न पाएको छु, सचिब खतिवडाले भने ।’

सचिब खतिवडाले केपी ओलीको पार्टी एमालेलाई ‘नो’ को संज्ञा दिए । ‘हाम्रो पार्टीलाई विभिन्न मिडियाले विभिन्न उपनाम दिईरहेका छन् । धेरैले मावध कुमार नेपालको (एस) पार्टी भन्ने गर्छन् । हो यो एस पार्टी नै हो । एमाले ‘नो’ पार्टी हो । यो उनीहरूको ब्यवहारले प्रष्ट पारिसकेको छ । खतिवडाले भने ।’

संम्बन्धित समचार

Leave a Reply