१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई

मंसिर १९,काठमाडौँ । १९ वर्षमुनिको राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज आइतवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई एक सय १३ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनी प्रदेशले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका लागि लोकेश बमले २५ र खड्क बोहराले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका अजय चौहानले पाँच, दुर्गेश गुप्ताले तीन र मोहम्मद हुसेनले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा दुई सय १२ रन बनायो । उसका लागि देव खनालले ७० र विशाल विक्रम केसीले ५१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आकाश चन्दले तीन तथा शेर मल्ल र हेमन्त धामीले दुईरदुई विकेट लिए । प्रतियोगितामा सात प्रदेशका सात टोली सहभागी थिए ।

संम्बन्धित समचार

Leave a Reply