इटालियन सिरी एः युभेन्ट्सको जित

मंसिर २०, एज्न्सी । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जिनोआलाई हराएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन हुवाँ क्वार्डाडो र पाउलो डिबालाले एक एक गोल गरे । खेलको नवौं मिनेटमा क्वार्डाडोले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

यस जितसँगै युभेन्ट्सले १६ खेलमा २७ अंक जोडेको छ । युभेन्ट्स लिगको पाँचौं स्थानमा उक्लिएको छ । जिनोआ १० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply