‘तपाईंहरू ढुक्क हुनोस्, म छोड्ने पक्षमा छैन’ : डा.शेखर कोइराला

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका प्रमुख दाबेदार डा. शेखर कोइरालाले सम्पादकहरूसँग छलफल गरेका छन् उनले संस्थापन पक्षमा सहमती जुट्ने विश्वास व्यक्त गरेका छन् । छलफलमा व्यक्त गरेको विचारको छोटो अंश यहाँ प्रस्तुत गरिएको छ :

हामी चार जनाबीचको कुरा तपाईंहरूले सोध्नुभयो । हामी चारजना, (रामचन्द्र, शशांक, प्रकाशमान र म) बीचमा छलफल पर्याप्त भएको छ । यति धेरै छलफल भएको छ कि कहिलेकाहीँ त मलाई दिक्क पनि लाग्छ । साथीहरू आज पनि भेट्नोस्, दिउँसो भेट्नोस्, साँझ पनि भेट्नोस् । यही भेट्दा भेट्दै समय हामीले गुजार्छौँ कि भन्ने पनि चिन्ता छ मलाई ।

यो छलफलमा हामी सुरुमा ७–८ जना सामेल थियौँ । यसमा सिटौलाजी पनि हुनुहुन्थ्यो । रामचन्द्रजी, अर्जुननरसिंहजी, रामशरणजी, सुजाताजी, प्रकाशमानजी हुनुहुन्थ्यो । बिस्तारै सिटौलाजीले चेञ्ज गर्नुभयो । नेपाली काँग्रेसभित्रको अधिवेशन हो, सिटौलाजीसँग अहिले पनि सहकार्य हुन सक्छ । सहकार्य गर्छौँ भन्ने नै छ, गर्ने हो । हामी कुराकानी गर्दैछौँ । तर, उहाँ जसरी गइरहनुभएको छ, उहाँ अलिकति देउवासँगै अघि बढ्दै गएको देखिन्छ ।

हाम्रोबीचमा धेरै छलफल भयो । यसलाई कसरी निष्कर्षमा पुर्‍याउने भन्ने हामीले राख्यौँ । हाम्रा शुभेच्छुक संस्थाहरू पनि छन्, तिनीहरूले पनि हामी ८ जनालाई बसाइरहन्छन् । कुरा गर्दै जाँदाखेरि साथीहरूले के भन्नुभयो भने एउटा कुनै निचोड त निस्कनुपर्‍यो नि ।

मैले त रामचन्द्रजीलाई स्पष्ट के भनेँ भने तपाईंले फोन गर्नोस् प्रतिनिधिहरूलाई । तपाईं स्ट्रोङ हुनुहुन्छ भने म छोड्न तयार छु । त्यो त गर्नुपर्यो नि । केही न केही त मापदण्ड बनाउनुपर्यो नि । नत्र भने त दुई–तीनवटा उम्मेदवार हुन सक्छन् ।

छलफल हुँदै जाँदा हामी चारजना नछोड्ने भन्नेमा पुग्यौँ । महतजीहरूले पनि नछोड्ने नै हो तर उहाँहरूको कुराकानी सुन्दा बिस्तारै छोड्नुहुन्छ जस्तो लाग्छ अर्जुनजी, सुजाताले पनि । तर, हामी चारजना अहिलेसम्म छोड्ने पक्षमा छैनौं । म पनि छोड्ने पक्षमा छैन । तपाईंहरू ढुक्क हुनोस्, म छोड्ने पक्षमा छैन । तर, मिलाएर त लग्नुपर्‍यो नि । हामी चारजना एकै ठाउँमा उभियौँ भने शेरबहादुरजीलाई एकदम बलियो चुनौती हुन्छ ।

हामी चारजनाको बीचमा जुन कुरा छ, त्यसमा हामी छलफल गरिराखेका छौं । तर, कहीँ पुग्न सक्ने अवस्था म देख्दिनँ । मैले पटक पटक तीनैजना ९ रामचन्द्र, शशांक र प्रकाशमान० साथीहरूलाई के भनिराखेको छु भने महाधिवेशन प्रतिनिधिहरूलाई फोन गरौँ । अब एक हप्ता पनि बाँकी छैन । हामीले सातै प्रदेशकासँग भेट्ने भनेका थियौँ, तर त्यो हुन सकेन ।

अहिले यसो हेर्दाखेरि प्रकाशमानजी उठ्छु नै भनिरहनुभएको छ । म पनि उठ्छु नै भनिराखेको छु । दह्रो गरी नै लागिराखेको छु । म बलियो छु अहिलेसम्म । रामचन्द्रजीलाई सम्झाउने हो, शशांकसँग कुराकानी भइराखेको छ, मलाई सपोर्ट गर्छ भन्नेमा विश्वस्त छु । अहिलेलाई यतिमात्रै भन्छु शशांकका बारेमा । म विश्वस्त छु, कुराकानी गरिराखेको छु ।

अब २४ गते महाधिवेशन उदघाटन छ, त्योभन्दा अघि नै हामीले यसबारे निर्णय गरिसक्नुपर्छ । यो स्थिति भएन भने दोस्रो चरणमा त मिल्नैपर्छ । मलाई के विश्वास छ भने दोस्रो चरणमा म पुग्छु । यसमा मलाई शंका छैन ।

संम्बन्धित समचार

Leave a Reply