चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २३, काठमाडौं । आज (बिहिबार) ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेका लक्ष्मी बैंक र समता घरेलु लघुवित्त तथा मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेका नेरुदे लघुवित्त र रिलायन्स लाइ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

लक्ष्मी बैंकले गत बर्षको नाफाबाट सेयरधनिहरुलाई ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ । पुष ८ गते आफ्नो २१ औं बार्षिक साधारणसभा गर्न लागेको छ ।

यस्तै, समता घरेलु लघुवित्तले गत बर्षको नाफाबाट आफ्नो सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कात्तिक १५ गतेको समताको संचालक समितिको ११८ औं बैठकले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । समताले पुस ७ गते आठौँ बार्षिक साधारणसभा डाकेको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट २१.४८ प्रतिशत बोनस र कर प्रयोजनसहित १.१३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीको साधारण सभा पुष १० गते हुने जानकारी दिएको छ ।

त्यस्तै, रिलायन्स लाइफ इस्योरेन्सले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश (करसहित) वितण गर्दैछ । कम्पनीले पुस ११ गते साधारण सभा बोलाएको छ । सभा अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply