१४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चुन्छौं : प्रधानमन्त्री देउवा

मंसिर २३, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति एवम् शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए ।

सहमहामन्त्री महामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरे ।

देउवाले भने, ‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस् ।’

महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता/कार्यकर्ताहरू उस्तै उत्साह बोेकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे ।

 

संम्बन्धित समचार

Leave a Reply