कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी

मंसिर २३, काठमाडौं । शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा जारी छ । यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु पनि सहभागी छन् ।

शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक समेत हुने छ ।

कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ । सभापति र पदाधिकारी पदमा उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षले आन्तरिक छलफल तीव्र पारेका छन् ।

संम्बन्धित समचार

Leave a Reply